हत्कडीसहित सागर लम्साल ‘बले’ सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आज आयतबार सरकारी वकिल कार्यालय लगिएको छ।
प्रहरी हिरासतमा रहेका बलेलाई हत्कडीसहित थुनुवा पोशाकमा लिएर सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो। म्याद थप अघि उनलाई बयानका लागि पनि लगिएको थियो।
अमेरिकामा बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी हुन्। यस घटनापछि उनले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको उल्लेख गर्दै फेसबुकमा पीडा व्यक्त गरेकी छन्।
प्रहरीले बलेलाई शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। प्रहरीले आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस