तस्बिर खिच्दा बन्दुक पड्कियो, १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं । परशुराम नगरपालिका–२ बसौटी, डडेल्धुरा जिल्लामा अवैध भरुवा बन्दुकसँग तस्बिर खिच्ने क्रममा दुर्घटना हुँदा १७ वर्षीय किशोरको ज्यान गएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ बन्दुक हातमा लिएर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किँदा सुवास महरा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल जोगबुढा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक महराको स्थायी घर शिवनाथ गाउँपालिका–४, बैतडी जिल्ला हो। उनी केही समयदेखि बसौटीस्थित आफ्नी दिदीको घरमा बस्दै आएका थिए।
घटनास्थलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ भने अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस