नेपालगन्ज । बाँकेको खजुरामा जारी खजुरा गोल्डकप फुटबल प्रतियोगितामा भारत लखनउको जेबीएमएफ एकेडेमी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जेबीएमएफ एकेडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको ३३औं मिनेटमा जेबीएमएफ एकेडेमीका अरुण अधिकारीले गरेको गोल नै निर्णायक बनेको थियो।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।