दाङमा कांग्रेसको समीक्षा बैठक सुरु, ‘अबको कांग्रेस’ माथि गहन बहस

दाङ । नेपाली कांग्रेस को लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरु भएको छ ।
कार्यक्रममा पार्टीका प्रमुख नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल, योगेन्द्र चौधरी र डिला संग्रौला लगायत दाङ पुगेका छन् ।

भालुवाङस्थित होटल पौवा मा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

प्रदेश सभापति अमरसिंह पुन का अनुसार कार्यक्रममा निर्वाचन समीक्षा मात्रै होइन, ‘अबको कांग्रेस’ विषयमा अन्तरसंवाद समेत गरिनेछ ।

यसैबीच, कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पार्टीभित्रै अन्तरघात भएको ठहर गर्दै कपिलवस्तु, पाल्पा र नवलपरासी लगायत जिल्लामा दर्जनौं नेतामाथि कारबाही गरिसकेको छ ।

उम्मेदवारहरूले चुनावी पराजयको कारण आन्तरिक कमजोरी र बाह्य चुनौती दुवै रहेको औंल्याउँदै अन्तरघात गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस