सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्‍याली [तस्वीरहरू]

काठमाडौं । मधेस प्रदेशका सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै शुक्रबार काठमाडौंमा शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्‍याली आयोजना गरिएको छ ।

देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित र्‍यालीमा विभिन्न क्षेत्रका नागरिक, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा युवाको सहभागिता रहेको थियो ।

सहभागीहरूले कुनै पनि प्रकारका हिंसा, द्वेष र साम्प्रदायिक तनावले समाजमा विभाजन ल्याउने भएकाले आपसी सहिष्णुता, संवाद र मेलमिलापको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

र्‍यालीका क्रममा सहभागीहरूले शान्ति, सद्भाव, सामाजिक एकता र पारस्परिक सम्मान कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका थिए । साथै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न नागरिकलाई अपिल पनि गरिएको थियो ।

हेरौं तस्वीरहरू –

nagarik sadbhab (12)
nagarik sadbhab (13)
nagarik sadbhab (1)
nagarik sadbhab (3)
nagarik sadbhab (4)
nagarik sadbhab (5)
nagarik sadbhab (6)
nagarik sadbhab (7)
nagarik sadbhab (8)
nagarik sadbhab (9)
nagarik sadbhab (10)
nagarik sadbhab (11)

प्रतिक्रिया दिनुहोस