माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन {तस्वीरहरू}

 काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ ।

यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले लघुवित्त पीडितले न्याय नपाएको भन्दै आमरण अनशन सुरु गरेको हो ।

संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन् ।

सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ ।

संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

हेरौं तस्वीरहरू – 

photo_photo-2-2_1b87
photo_photo-3-2_5b6a
photo_photo-4-2_1b86
photo_photo-5-2_e062
photo_photo-6-2_cece
photo_photo-8-2_721c
photo_photo-9-2_88be
photo_photo-10_ed7b5
photo_photo-12_1987a
photo_photo-15_89745
photo_photo-16_53c33
photo_photo-17_bfc26
photo_photo-19_ba836
photo_photo-20_a5502
प्रतिक्रिया दिनुहोस