दुर्गमका बिरामीलाई सहज बन्दै राप्ती प्रतिष्ठानको आँखा सेवा

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बैशाख महिनामा मात्रै प्रतिष्ठानमा १ सय ४० जना बिरामीको आँखाको जटिल रोगको उपचार गराएको जनाएको छ ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीको नेतृत्वमा चिकित्सक, नेत्र सहायक, स्वास्थ्यकर्मीको सहभागितामा सानादेखि गम्भीरखालका आँखाको उपचारदेखि अप्रेसन हुँदै आएका छन् ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार गएको बैशाख १ गतेदखि ३१ गतेसम्म सो संख्यामा आँखाका बिरामीहरुको अप्रेसन भएको हो । आँखारोग विभागका प्रमुखसमेत रहेका रसाइलीका अनुसार १ हजार ४ सय २० जना आँखाका बिरामीले ओपिडिमार्फत सेवा पाएका छन् भने २६ जना विरामीको भर्ना गरेर आँखाका उपचार गरिएको छ । प्रतिष्ठानले सुरु गरेको आँखा सम्बन्धी उच्चस्तरीय विशेष सेवा विस्तारसँगै दुर्गमका बिरामीलाई सहज भएको हो ।

आँखा रोग विशेषज्ञ डा. रसाइलीले प्रतिष्ठानमा आँखाको कोटरसम्बन्धी उपचार, आँखाको प्लास्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सर उपचारजस्ता सेवाहरू विस्तार गरेसँगै जटिल आँखाका रोगहरूको उपचार जिल्लामै सम्भव भएको जनाए ।

प्रतिक्रिया दिनुहोस