काठमाण्डौँ, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज रूपन्देहीका सबै निर्वाचन क्षेत्रमा भेटघाट गर्ने भएका छन् । बिहान ८ बजे क्षेत्र नम्बर १ मा पर्ने देवदह खैरेनीबाट चुनावी अभियान शुरू गरेर साँझ ६स्१५ मा क्षेत्र नम्बर ५ मा पर्ने शान्तिभूमि लुम्बिनीको मायादेवी मन्दिर दर्शन गरेपछि सकिने छ ।
सभापति लामिछाने आइतबार चितवनबाट पूर्वी र पश्चिम नवलपरासी हुँदै रूपन्देही आएका हुन् । देवदहबाट, भैहवा, बुटवल, सैनामैना कञ्चन हुँदै लुम्बिनी पुग्नेछन् । रूपन्देही १ मा पार्टीका महामन्त्री सुनील लम्साल, रूपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ मा कनैया बनिया र क्षेत्र नम्बर ५ मा तौफिक अहमद खान उम्मेदवार छन् ।