देशभर दुर्घटनाको कहर: २४ घण्टामा ९ जनाको मृत्यु, लुम्बिनीमा सर्वाधिक क्षति

पछिल्लो २४ घटनामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २२ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १२ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ८ जना घाइते भएका छन् । त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एक एक जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस