भ्याट बिल काट्नुस्, लखपति बन्नुस् : अर्थमन्त्री वाग्लेको नयाँ योजना

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लट्री टिकटबाट हरेक दिन नेपालीलाई लखपति बनाउने बताएका छन् । आइतबार आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने, ‘हरेक भ्याट बिल अब अटोमेटिक लट्री टिकट बन्दैछ । लट्री टिकटबाट हरेक दिन हामी लखपति बनाउँछौँ ।’ यस योजनामा विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई पनि सहभागी गराइने अर्थमन्त्रीले जानकारी दिए ।

यस्तो व्यवस्थाले मूल्य अभिवृद्धि कर (भ्याट) बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने अर्थमन्त्रीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस