प्रधानमन्त्रीले संसदबाट देशद्रोही कुरा गरे, नेपालको विपक्षमा बोलियो : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको जिकिर गरे।

उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो? त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन।’

उनले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको बताए। सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको टिप्पणी गरे।

उनले भने, ‘हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौँ। तेस्रो पक्ष सहभागी गराउँदैनौँ। प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईँको घरको सम्पत्ति होइन। तपाई जन्मिनुभन्दा धेरै अगाडिको देश हो।’

प्रतिक्रिया दिनुहोस