बड्डाडाका असइ कुल बहादुर खत्री बने माघ महिनामा जिल्लाकै ‘उत्कृष्ट प्रहरी’

प्युठान । जिल्लाको प्रहरी चौकी बड्डाडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) कुल बहादुर खत्री माघ महिनाको जिल्लाकै ‘उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले असइ केसीलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले उहाँको समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ।

जनतालाई आफ्नो क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सफल र दैनिक कार्यसम्पादन समेत राम्रो भएकोले असइ केसीलाई माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरिको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो । केसीलाई जिल्ला प्रहरी प्रमुख डिएसपी अधिकारीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको छ । त्यस्तै प्रहरी चौकी चुजाँठी प्युठानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) खेम बहादुर थारुलाई नगद पुरस्कार प्रदान सहित सम्मान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले उत्कृष्ट र सम्मानित हुने प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित तथा विद्युतिय माध्यमबाट जोडिनु भएका प्रहरी कर्मचारीहरुलाई समेत प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता लगायत बिषयमा जिम्मेवार भएर काम गर्न प्रमुख अधिकारीले सुझाव दिनुभयो । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचमा प्रहरी कर्मचारीले निभाउनु पर्ने भुमिका, काम, कर्तव्य र अधिकार सम्बन्धमा आवश्यक मार्गनिर्देशन दिनुभयो । सम्मान हुन पाउदा खुशी भएका थिए ।

प्रतिक्रिया दिनुहोस