सरकारले भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन’ : आचार्य

काठमाडौं । संविधानविद् भीमार्जुन आर्चायले यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्किएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहले आज संसदमा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्दै विवादित अभिव्यक्ति दिएपछि संविधानविद् आचार्यले यस्तो बताएका हुन् ।

उनले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको बताए ।
दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक रहेको उनको भनाइ छ ।

आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड नभएकोले उनले उल्लेख गरेका छन् ।

‘यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस