बजेटमार्फत कर संरचनामा व्यापक हेरफेर

काठमाडौं । सरकारले भन्सार दरलाई ७ तहमा सीमित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले हाल कायम रहेका विभिन्न ११ तहका भन्सार दरलाई पुनर्संरचना गर्दै ७ तहमा सीमित गरिएको बताए । उनका अनुसार यस कदमले कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क समेत खारेज गरिएको सरकारले जनाएको छ । सरकारले यस निर्णयलाई उद्योग, व्यापार तथा उपभोक्तामैत्री नीतिको रूपमा प्रस्तुत गरेको छ ।

सरकारले कर संरचनामा गरिएको यो सुधारले लगानी प्रवर्द्धन, व्यापार सहजीकरण तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस