मोबाइल अफ भएपछि महेश बस्नेतबारे पक्राउको चर्चा, प्रहरी अलमलमा

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गर्न लागेको चर्चा सामाजिक सञ्जालमा व्यापक बनेको छ। विशेषगरी उनको मोबाइल फोन अचानक स्वीच अफ भएपछि उनी पक्राउ पर्ने वा भूमिगत भएको भन्ने अड्कलबाजी तीव्र बनेको हो।

स्रोतका अनुसार सादा पोशाकमा खटिएका प्रहरी टोलीले भक्तपुर गुण्डुस्थित बस्नेतको घर वरपर रेकी गरेको चर्चा फैलिएको थियो। यसैबीच गृहमन्त्रीले आन्दोलन मत्थर पार्ने उद्देश्यले बस्नेतलाई पक्राउ गर्न चाहेको भन्ने राजनीतिक वृत्तमा समेत बहस चलेको छ। तर प्रहरीले भने यस्तो कुनै स्पष्ट आधार नभएको बताएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अधिकारीहरूका अनुसार बस्नेतलाई पक्राउ गर्नुपर्ने नयाँ कारण हालसम्म नआएको र यस विषयमा कुनै औपचारिक निर्देशन पनि जारी नभएको जनाइएको छ। प्रहरीका एक अधिकारीले भने, “मोबाइल अफ हुनु मात्रै पक्राउको संकेत होइन, विभिन्न माध्यमबाट व्यक्तिको अवस्थाबारे जानकारी लिन सकिन्छ।

आइतबार दिनभर प्रदर्शनमा सक्रिय रहेका बस्नेत नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा देखिएका थिए। प्रदर्शनपछि घाइतेलाई भेट्न उनी नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल पुगेका थिए। त्यहाँबाट च्यासलस्थित पार्टी कार्यालयतर्फ जाने क्रममा उनको मोबाइल अन रहेको बताइन्छ। च्यासल पुगेपछि भने मोबाइल स्वीच अफ भएको जानकारी आएको छ।

बस्नेतसँगै रहेकी एमाले नेतृ सीता सुवेदीका अनुसार बेलुकीतिर नै बस्नेतको मोबाइलको ब्याट्री सकिन लागेको देखिएको थियो। “च्यासल पुग्नै लागेको छ, अब कहाँ चार्ज गर्ने भनेर चिन्ता गरिरहनुभएको थियो,” उनले बताइन्। उनका अनुसार मोबाइल ब्याट्री सकिएपछि आफैँ स्वीच अफ भएको हुन सक्छ।

यता प्रहरीले बस्नेतलाई खोजी गर्न कुनै विशेष टोली परिचालन नगरिएको स्पष्ट पारेको छ। जिल्ला प्रहरी भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बस्नेत पक्राउबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन्।

यसबीच बस्नेतको मोबाइल अफ भएपछि सामाजिक सञ्जालमा पक्राउको चर्चा चुलिए पनि आधिकारिक रूपमा भने उनी पक्राउ परेका छैनन्। प्रहरीले स्पष्ट आधार नहुँदा पक्राउको विषयमा अन्योल रहेको जनाएको

प्रतिक्रिया दिनुहोस