मेयर बन्ने तयारीमा सबिन प्रियासन : दोधारमा पर्नुपर्दैन, उम्मेदवारी फिक्स हो

दाङ । घोराही उपमहानगरपालिकाको मेयर पदका लागि सबिन प्रियासनले आफ्नो उम्मेदवारी निश्चित रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रियासनले आफू मेयर पदमा उम्मेदवारी दिने विषयमा कुनै दोधार नरहेको बताएका हुन्। उनले घोराही उपमहानगरपालिकाका १९ वटै वडा, टोल विकास संस्था तथा विभिन्न क्षेत्रको विकासलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।

उनले बिहानदेखि साँझसम्म मात्र नभई सपनामा समेत घोराहीलाई कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने विषयमा आफू केन्द्रित भइरहेको बताएका छन्।

प्रियासनको अभिव्यक्तिसँगै आगामी स्थानीय तह निर्वाचनमा घोराहीको मेयर पदका लागि उनको उम्मेदवारी रहने चर्चा थप चुलिएको छ।

प्रतिक्रिया दिनुहोस