पानी जहाज कार्यालयको बजेटमाथि हर्क साम्पाङको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पानी जहाज कार्यालयलाई सरकारले बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पानी जहाज कार्यालयको औचित्य के ? भन्दै प्रश्न गरे।

उनले भने, ‘नेपाल पानी जहाज कार्यालयलाई २ करोड ९१ लाख छुट्टाइएको रहेछ। पानी जहाज कार्यालयको औचित्य के होला? जलमार्गको लागि १ लाख मात्रै पैसा राखिएको रहेछ। यसलाई बढाउनु पर्छ होला बरु त्यो माथिको तल सारेर।’

उनले मेट्रोको परिकल्पना गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस